News

अर्घाखाँचीमा माओवादी केन्द्रका नेतामाथि ढुंगा प्रहार, उर्जा मन्त्री सम्बोधन नगरी फर्किए

अर्घाखाँचीमा माओवादी केन्द्रका नेतामाथि ढुंगा प्रहार, उर्जा मन्त्री सम्बोधन नगरी फर्किए
पुस – २८ । अर्घाखाँचीमा आयोजित महोत्सवको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेताहरुमाथि ढुङ्गा प्रहार भएको छ ।माओवादीका नेताको अभिव्यक्तिका कारण स्थानीयको घेराबन्दीमा परेपछि उद्घाटन कार्यक्रम सम्बोधन गर्न पुगेका उर्जा मन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले ‘देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुँदैन’ भनेपछि समारोहमा सहभागी केही युवाहरुले ढुगांमुढा गरेका हुन् । डिलारामको अभिव्यक्तिबाट उत्तेजित भएका स्थानीयले ढुंगामुढा र नाराबाजी गर्न थालेपछि आयोजकले कार्यक्रम नै स्थगित गर्नुप¥यो । ढुंगा प्रहारबाट अर्घाखाँची डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल सामान्य घाइते भएका छन । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्रिएपछि संभावित प्रदेश सदरमुकाम पोखरा पुग्न सुरुङ मार्ग बनाइदिने भनेदेखि नै स्थानीय आक्रोशित भएको बताइन्छ ।

माओवादी केन्द्र

विशेष