विदेश

टर्कीको संसद् भवनभित्रै सांसदहरुबीच झडप

टर्कीको संसद् भवनभित्रै सांसदहरुबीच झडप
पुस – २८ । टर्कीको संसद्मा मतदानका क्रममा सांसदहरुबीच झडप भएको छ । एक सांसदले मतदानको भिडियो कैद गर्न खोजेपछि झडपको स्थिति सृजना भएको हो । सत्तारुढ ‘एके’ पार्टीका सांसद र विपक्षी ‘रिपब्लिकन पिपुल्स’ पार्टीका सांसदहरुबीच झडप भएको हो । मतदान संवैधानिक परिवर्तनका विषयमा भएको बताइन्छ । संसदमा संवैधानिक परिवर्तनका विषयमा छलफल भएपछि मतदान भएको थियो । संवैधानिक परिवर्तनले राष्ट्रपतिको अधिकार बढाउने छ । यसबाट राष्ट्रपति रिसेप तैयप अर्दोगानले मन्त्री राख्न र हटाउनसक्ने बताइएको छ ।

turkey-parliament

विशेष