सरकार कमजोर हुँदाः बंगलादेशको दूतावासले पनि हेप्न थाल्यो
पुस २९ । बंगलादेश सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको एमबिबिएस अध्ययनको छात्रवृत्ति कोटामा बंगलादेशी दूतावास आफैले छनौट गरेर पठाउने तयारी गरेको छ । बंगलादेश सरकार र नेपाल सरकारबीच भएको सम्झौताबमोजिम दूतावासले बाँड्ने छात्रवृत्तमा अध्ययन गर्ने विद्यार्थीको छनोट शिक्षा मन्त्रालयले गर्नु पथ्र्यो ।
दूतावासले यस वर्ष छनोट गरेका १३ जना विद्यार्थीले अध्ययन अनुमति पत्रका लागि मेडिकल काउन्सिलमा निवदेन दिइसकेका छन् । परराष्ट्र मन्त्रालयले गत वर्ष माघ २१ को मन्त्रीस्तरीय निर्णय गरेर बंगलादेशी दूतावासले छनोट गरिसकेका विद्यार्थीलाई यसवर्षका लागि मात्र्रै अ ध्ययन अनुमति पत्र दिने भनिएको थियो ।
यहि पत्रको आधारमा शिक्षा मन्त्रालयले पनि गत माघ २५ मा दूतावसले छनोट गरेको विद्यार्थीलाई मेडिकल काउन्सिलबाट एमविविएस अध्ययन गर्न योग्य भएको पत्र का आधारमा एक पटकका लागि मात्रै नो अब्जेक्सने सर्टिफिकेट उपलब्ध गराउने मन्त्रीस्तरीय निर्णय भएको थियो । –कान्तिपुर दैनिकबाट