विदेश

ब्राजिलमा ‘एलो-फिभर’का कारण ३० जनाको मृत्यु

ब्राजिलमा ‘एलो-फिभर’का कारण ३० जनाको मृत्यु
पुस - २९ । ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो-फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको स्वास्थ्य अधिकारीले बताएका छन् । स्वास्थ्य सचिवालयका अनुसार कम्तिमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्युभएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् । ‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ । मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

yellow fever

विशेष