News

‘छक्का पञ्जा’ पाईरेसी गरेको आरोप प्रमाणित हुन नपाउदै एक युवाले गरे आत्महत्या

‘छक्का पञ्जा’ पाईरेसी गरेको आरोप प्रमाणित हुन नपाउदै एक युवाले गरे आत्महत्या
चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीको अभियोग लागेका एक युवाले आत्महत्या गरेका छन् । काठमाडौं चहविल बस्दै आएका नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आफ्नै कोठामा आत्महत्या गरेका हुन । गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीको अनुसार उनले डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेका छन् । सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ । उक्त नोटमा बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन । आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अमेरिका फिल्म पठाएका अभियोग उनलाई लागेको थियो । पहिलो पटक फिल्म पाइरेसी गरेका सुवेदी सहित चार जनालाई प्रहरीले यो बारेमा मिडियामा समाचार बाहिरिनु पहिले नै पक्राउ गरी हनुमान ढोका पुर्याएको थियो । निर्माण टिमको आग्रहमा प्रहरीले तारेखमा छाडेको थियो । मृत शरिरलाई अहिले पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्जमा लगिएको छ । तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ । दोस्रो पटकको पाइरेसीपछि ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक भएको छ । फेसबुक मार्फत लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको छ । वर्षकै सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो । यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो । प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो । यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् । छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन् । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो । https://www.facebook.com/deepakrajgiri84/posts/1317425378321133

chakka panja chakka panja suicide

विशेष