विदेश

अमेरिका र क्युवाबीच क्षतिपूर्ति वारे छलफल

अमेरिका र क्युवाबीच क्षतिपूर्ति वारे छलफल

पुस - २९ । क्युवाली क्रान्तिका समय अमेरिकी सम्पत्ती जफत र अमेरिकाद्वारा क्युवामाथि लगाइएको आर्थिक नाकाबन्दीबाट भएको क्षतिपूर्तिका विषयमा दुई देशका प्रतिनिधिबीच क्युवाको राजधानी हवानामा बिहीबार वार्ता सुरु भएको छ । यस विषयमा सन् २०१५ को डिसेम्वरमा हवानामा र सन् २०१६ को जुलाइमा वासिङ्टनमा भएको वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएपनि क्युवा र अमेरिका बीचको कुटनैतिक पहलमा दुई देशका प्रतिनिधिबीच पुनः वार्ता सुरु भएको हो । वार्ताबारे दुई देशका प्रनिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ - वार्ता अघिल्ला दुई सम्मेलनमा भएको छलफल र प्राविधिक विवरणका आधारमा अधि बढाउने र आपसी सहमतिमा निचोड निकाल्नेछ । आधा शताव्दीभन्दा बढी समयसम्म विगे्रको सम्बन्ध सुधार गर्न दुवै देश सहमत भइसके पनि सो समयमा एकअर्काको गतिविधिका कारण परेको आर्थिक क्षतिपूर्तिको विषय जटील समस्याका रुपमा हेरिदै आएको छ । क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज अमेरिकी आर्थिक नाकाबन्दीका कारण क्याुवाले १२५ अर्व ९० करोड अमेरिकी डलरको क्षति व्यहोरेको केही समय पहिले अर्थात् सन् २०१६ को सेप्टेम्बरमा बताएका थिए । त्यसैगरी विभिन्न छ हजार अमेरिकी कम्पनी तथा व्यक्तिले क्रान्तिका समय क्युवामा रहेको एक अर्व ९० करोड बराबरको सम्पत्ती गुमाएको अमेरिकीको दावी छ । यद्यपि सावा र छ प्रतिशत व्याजसहित रकम आठ अर्व अमेरिकी डलर बराबर हुन आउने अमेरिकी दावी छ ।

अमेरिका क्युवा

विशेष