विदेश

प्राकृतिक प्रकोपबाट चीनमा एक हजार ४३२ जनाको मृत्यु

प्राकृतिक प्रकोपबाट चीनमा एक हजार ४३२ जनाको मृत्यु
पुस - २९ । चीन सन् २०१६ भरी भएका राष्ट्रिय प्राकृतिक प्रकोपमा परी कम्तीमा एक हजार ४३२ व्यक्तिको मृत्यु भएको विभिन्न विभागद्वारा संयुक्त रुपमा जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकोपमा परी अन्य २७४ व्यक्ति बेपत्ता भएकोसमेत सो विभागहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसमा बाढी, तूफान भूकम्प, कम तापमान, हिमपात र जङ्गल आगलागीलगायतका प्रकोप रहेका छन् । प्राकृतिक प्रकोपका कारण ५०३ं.२९ अर्ब युआन बराबरको रकम प्रत्यक्ष रुपमा आर्थिक नोक्सान भएको छ । यस प्रकोप प्रभावित इलाकाबाट ९१ लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको पनि सो विभागहरुद्वारा विज्ञप्तिमा बताइएको छ ।

china death in 2016

विशेष