News

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी
माघ–१ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् । बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उनले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पुर्याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड थियो । गोष्ठीले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पहुँचमा पुर्याउँदै दिगो विकासका लक्ष्य हासिल गर्न दशबुँदे पोखरा प्रतिबद्धतासमेत जारी गरेको छ । रासस

कुपोषण स्वास्थ्यमन्त्री गगनकुमार थापा

विशेष