News

‘छक्का पञ्जा’ले ल्याएको तरंग आत्महत्या भनिएको कृष्णको हत्या भएको परिवारको आरोप

‘छक्का पञ्जा’ले ल्याएको तरंग आत्महत्या भनिएको कृष्णको हत्या भएको परिवारको आरोप
माघ–१ । नेपाली चलचित्र ‘छक्का पञ्जा’ लिक भएको आरोप लागेका कृष्ण सुवेदीले सुसाईट नोट लेखेर आत्महत्या गरेपछि उक्त प्रकरण निकै चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा एक्कासि चलचित्र सार्वजनिक (लिक) भएपछि कृष्णले लिक गरेको आरोप लागेको थियो । आरोप प्रमाणित हुन नपाउँदै उनले आफ्नै डेरामा पासो लागेर आत्महत्या गरेका थिए । काठमाडौं चाबहिल बस्दै आएका नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आफ्नै कोठामा आत्महत्या गरेका हुन् । सुवेदीको आत्महत्याको मूल कारण चलचित्र निर्माता दीपकराज गिरी र प्रहरीहरुले दिएको मानसिक तनाव रहेको सुवेदीका परिवारले आरोप लगाएका छन् । प्रहरीका अनुसार सुवेदीले लेखेको सुसाईट नोटमा ‘यो मृत्यु होइन हत्या हो, एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आइरहेको थियो । आमा, बाबा, दाइ, दिदी मलाई माफ गर्दिनु । बैँकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनु होला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ ।’ उनले सुसाईट नोटमा आफ्नो बैँक एकाउन्टको कोड नम्बरसमेत उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी आएपछि फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै आफूलाई बिना कारण आरोप लगाएर तनाव नदिन आग्रह गरेका छन् । उनले आफ्नो गल्ती साबित भएमा सजाय भोग्न पनि तयार रहेको बताएका छन् । उनले भने, ‘मृत्यु हो, हत्या वा अरु केही कारण हो, प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको सही कारण के हो ? अनुसन्धानबाट खुल्ने नै छ ।’ उनले भने,‘यो संवेदनशील र मुस्किलको समयमा मनदेखि भन्न चाहन्छु, हाम्रो एक प्रतिशत पनि गल्ती साबित भए सजाय भोग्न तयार छौँ ।’ आफ्नो क्षति हुँदाहुँदै पनि हदैसम्म लचिलो भएर प्रस्तुत भएको भन्दै दीपकराजले हत्याको आरोपले थप मर्माहित बनाएको उल्लेख गरेका छन् ।

कृष्ण सुवेदी छक्का पञ्जा सुसाईट नोट

विशेष