आइएस समूहद्वारा पूर्वी अफगानिस्तानको एक बस्तीमा आगजनी
माघ–१ । इश्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध एक अफगानी आतङ्कवादी समूहले नागारहर प्रान्तस्थित कोट क्षेत्रमा शुक्रबार साँझ करिव ६० घरमा आगो लगाइ भागेका प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगैनीले शनिबार जानकारी दिएका छन् ।
'आइएस विद्रोहीको एक समूहले गाउँमा एक्कासी प्रवेश गरी घरमा बसीरहेको गाउँलेलाई घरबाट बाहिर निकाली वस्तीमा आगो लगाएर भागेका छन्,' खगौनीले भने ।
घटनामा विद्रोहीले गाउँलेलाई घर बाहिर निस्कन लगाएर आगो लगाएका कारण कसैको हताहती भने भएको छैन । यसबारे आइएस समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।
विद्रोहीले जलालावादलाई दुई बर्ष पहिलेसम्म आफ्नो राजधानीका रुपमा प्रयोग गर्दै आएका थिए । पछि अफगानिस्तान प्रशासनले सो क्षेत्रलाई सरकारी नियन्त्रणमा लिएपछि उनीहरु सो ठाउँ छाडी भागेका थिए । रासस
आगजनी
इश्लामिक स्टेट (आइएस)