विदेश

२५ हजार बेसहरा बालबालिका इटालीको शरणमा

२५ हजार बेसहरा बालबालिका इटालीको शरणमा
माघ - १ । सन् २०१६ मा करिव २५ हजार ८०० बेसहरा बालबालिका इटालीको शरणमा पुगेको संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ)ले जनाएको छ । सङ्ख्या सन् २०१५ को तुलानामा दोब्बर बढी हो । युनिसेफले जनाएअनुसार सन् २०१६ मा इटाली पुग्ने २८ हजार २०० बालबालिकामध्ये ९० प्रतिशत अर्थात् २५ हजार ८०० बालबालिका वेसहरा अवस्थामा त्यहाँ पुगेका थिए भने बाँकी उनीहरुका अभियभावकका साथमा त्यहाँ पुगेका थिए । इटालीको गृह मन्त्रालयले दिएको जानकारीमा सन् २०१५ मा १२ हजार ३६० वेसहरा बालबालिका इटाली पुगेका जनाइएको छ । सन् २०१५ मा इटाली पुग्ने बालबालिकाको सङ्ख्या सन् २०१४ को तुलनामा केही कमी हो । पछिल्लो तथ्याङ्कले वेसहरा अवस्थामा विभिन्न देशबाट आफ्नो जीवन जोखिममा पारेर पनि यूरोप पुग्ने बालबालिकाको सङ्ख्यामा बढ्दा रहेको र यो दुःखद् भएको युनिसेफका आपतकालिन मामिला हेर्ने वरिष्ठ व्यवस्थापक लुसिओ मेलान्ड्रीले बताए । वेसहरा अवस्थामा यूरोप छिर्ने बालबालिका १५ देखि १७ वर्ष उमेर समूहका रहने गरेका र उनीहरु इरिट्रिया, इजिप्ट, गम्बिया र नाइजेरियाका अधिकांश केटाहरु रहेको युनिसेफले जनाएको छ । यसरी इटाली पुगेका केही बालिकाहरुले भूमध्यसागरीय क्षेत्रको डरलाग्दो यात्राका लागि मानव तस्करलाई बुझाउने रकम जम्मा गर्न वेश्यावृतिसमेत गरेको जनाइएको छ ।

Italy बेसहरा बालबालिका

विशेष