विदेश

सिरियामा आइएसको आक्रमण कम्तीमा ३० जनाको मृत्यु

सिरियामा आइएसको आक्रमण कम्तीमा ३० जनाको मृत्यु

माघ २ । पूर्वी सिरियामा इस्लामिक स्टेट ९आइएस० समूहले गरेको भीषण आक्रमणमा परी ३० भन्दा बढी जिहादी र सरकारी बलको मृत्यु भएको एक मानवअधिकारवादीले जानकारी दिएका छन्।

डेइर इज्जोरमा रहेको सरकारी बलको अखडा लक्षित आक्रमणमा परी १२ सरकारी सुरक्षाबल र २० आइएस आतङ्ककारी मारिएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ।

अब्जरभेटरी र सिरियाली समाचार समिति सानाका अनुसार सोही सहरको सरकारी नियन्त्रणमा रहेको एक इलाकामा आइएस लडाकू समूहले गरेको एक रकेट आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको छ

Siriya

विशेष