शहरिया युवतीको सपना जस्तै दुर्गम क्षेत्रको युवतीहरुको सपना पुरा हुने अवस्था अझै छैनः पुर्व मिस नेपाल सुविन लिम्बु (भिडियो)

सन् २०१४ को मिस नेपाल सुविन लिम्बु अरु मिस नेपालभन्दा फरक छिन । युवायुवती माझ उनको लोकप्रियता लोभलाग्दो छ । लिम्बुलाइै धेरै युवायुवतीले मोटिभेसनल स्पिकरको रुपमा चिन्छन । उनी मोटिभेसनल स्पिच दिनको लाागि लागि देशको विभिन्न ठाउमा आयोजना हुने कार्यक्रममा व्यस्त रहन्छिन । नेपाल आजले कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको कलेज एण्ड करिअर नामक उत्प्रेरणा कार्यक्रममा बोल्दै सुविनले आफ्नो जीवन अनुभुती साटेकी छिन । सफलताका लागि आफुले चाहेको क्षेत्रमा विशेष लगाव दिनुपर्नेमा लिम्बु जोड दिन्छिन । ‘म धरानबाट विज्ञान बिषय पढ्न भनेर काठमाडौं आएँ । ब्रिज कोर्ष पढ्दा पढ्दै विज्ञान विषय नपढ्ने निधो गरेँ । धेरैले मलाई म्यानेजमेन्ट किन पढेको भनेर सोधे । तर, मैले मेरो निर्णय परिवर्तन गरिनँ । म खुशी छु ।’ सुबिनले आफ्नो सफलताको सुत्र बताइन । नेपाल आजको कार्यक्रममा बोल्दै सुविनले धरानदेखि मिस नेपालसम्मको यात्रा संर्घष र सफलताको अनुभुती साटेकी छिन । उनले दुर्गम गाउँको युवती र सुगम सहरिया क्षेत्रको युवतीको सपना एउटै नहुने तर्क पेश गरिन ।
