भिडियो News

अहिले टायर बाल्ने युवाहरु हो ! तिमी आफैँले बालेको टायरले दश वर्षपछि तिमीहरु आफैँलाई पोल्छ: रवीन्द्र मिश्र (भिडियोसहित)

अहिले टायर बाल्ने युवाहरु हो ! तिमी आफैँले बालेको टायरले दश वर्षपछि तिमीहरु आफैँलाई पोल्छ: रवीन्द्र मिश्र (भिडियोसहित)

नेपाली पत्रकारिता क्षेत्रका एक चर्चित नाम रबीन्द्र मिश्र, युवाहरुलाई ‘मोटिभेसनल स्पिच ’ पनि दिन्छन् । पत्रकारिता क्षेत्रका सफलतम् व्यक्तिमध्ये मिश्र पनि एक हुन् । पत्रकारिताको अलावा उनी लेखक र भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा पनि चिनिन्छन् । मिश्र बिबिसी नेपाली सेवाको सम्पादक हुन् । उनी बिबिसी वर्ल्ड सर्भिस लण्डनमा लामो समय काम गरेर नेपाल फर्केका हुन् । मिश्रलाई धेरै युवाहरुले प्रेरक व्यक्तित्व पनि ठान्छन् ।

भ्रष्टाचारविरोधी उनको अभियानलाई धेरैले मन पराएका छन् । नेपाल आजले कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको ‘कलेज एण्ड करिअर’ नामक उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै मिश्रले आफ्ना जीवनका विभिन्न पक्ष उजागर गरे । साथमा सफल हुने धेरै ‘टिप्स’ पनि बाँढे । सफलताका लागि आफूले चाहेको क्षेत्रमा विशेष लगाव दिनुपर्नेमा उनको जोड छ । ‘निरन्तरको प्रयासबाट सफल भइन्छ । हरेक सफल व्यक्तिको पछाडि संर्घष रहेकै हुन्छ ।’ मिश्रको सुझाव छ । पत्रकार मिश्रले कार्यक्रममा आफ्नो करिअरको सफलता र संर्घषको कथा सुनाए । युवाहरुलाई ‘मोटिभेसनल स्पिच ’ दिँदै मिश्रले भने ‘सफलताको जग स्वयं आफैले बसाल्नुपर्छ ।’


college and career rabindra mishra

विशेष