विदेश

चीनले ट्रम्पलाई दियो खतरनाक चेतावनी

चीनले ट्रम्पलाई दियो खतरनाक चेतावनी

माघ ३ । चीनले ‘एक चीन नीति’ बहसको विषय नभएको बताएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पटक पटक एक चीन नीतिका विषयमा प्रश्न उठाइरहेका बेला चीनले यो बहसको विषय नभएको बताएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु क्वांगले एक चीन नीति दुई देशबीचको सम्बन्धको आधार भएको भन्दै यस विषयमा बहस नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले एक चीन नीतिप्रति आफू प्रतिबद्ध रहन नसक्ने उल्लेख गर्दै ताईवानसँग पनि सम्बन्ध अघि बढाउने संकेत गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको हो ।

ट्रम्पले शुक्रबार वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘एक चीन नीतिदेखि सबै कुरा बहसको विषय हो ।’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता क्वांगले संसारमा एकमात्रै चीन भएको र ताइवान चीनको अभिन्न अंग भएको नबिर्सन आग्रह गरेका छन् ।

Donald Trump

विशेष