विदेश

टर्कीस एयरको कार्गो विमान दुर्घटना ३२ को मृत्यु

टर्कीस एयरको कार्गो विमान दुर्घटना ३२ को मृत्यु

माघ ३ । हङकङबाट उडेको कार्गो विमान किर्गिस्तानको बिशकेकस्थित मनास विमानस्थलमा दुर्घटनाग्रस्त  ३२ जनाको मृत्यु भएको छ ।

’टर्किस एयरलाइन्सको बोइङ ७४७ विमान खराब मौसमी अवस्थाका कारण दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आपतकालीन मन्त्रालयले पनि मौसमको खराबीका कारण उक्त विमान ल्याण्डिङका क्रममा दुर्घटनामा परेको जनाएको छ।

दुर्घटनामा १५ घरमा क्षति पुगेको बताइएको छ ।

Turkish Air

विशेष