अपराध सुरक्षा विदेश

एक यौन पिपासु जसले ५०० बालिकालाई आफ्नो शिकार बनाए

एक यौन पिपासु जसले ५०० बालिकालाई आफ्नो शिकार बनाए

माघ ३ । भारतमा एक व्यक्ति १२ वर्षमा ५०० बालिकालाई यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् ।

दिल्ली प्रहरीले ३८ वर्षका एक व्यक्तिलाई पूर्वी दिल्लीबाट गिरफ्तार गरेको छ । प्रहरीका अनुसार यूपीको रामपूरमा रहने सुनील रस्तोगीले ५ सयबढी बालबालीकालाई यौन शोषण गरेको स्विकार गरेका हुन् ।

यस अघि उनले सन् २००६ मा उत्तराखण्डको रुद्रपुरमा एक अपराधका लागि ६ महिनाको जेल सजाय समेत काटिसकेका थिए ।

प्रहरीका अनुसार रस्तोगीले दिल्ली, पश्चिम यूपी, सत्तराखण्डमा स्कूलबाट घर फर्कन लागेका बालीकालाई आफ्नो शिकार बनाउने गरेका थिए ।

Rape in India

विशेष