डोनाल्ड ट्रम्पले दिए जर्मन चान्सलरलाई कडा चेतावनी
माघ ३ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन चान्सलर एञ्गेला मर्केलले १० लाखभन्दा बढी आप्रवासी आफ्नो मुलुक प्रवेश गर्न दिएर ठूलो गल्ती गरेको बताएका छन् ।
मर्केल यूरोपको सबैभन्दा महत्वपूर्ण नेता भएको भन्दै ट्रम्पले यूरोपियन यूनियन जर्मनीको लागि साधन भएको उल्लेख गरे । उनले आप्रवासीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुने दोर्होयाए ।
ब्रिटेन र जर्मनीका पत्रकारहरुसँग आफ्नो विदेश नीतिको विषयमा विस्तृत अन्तर्वाता दिँदै उनले आफ्नो मुख्य प्राथमिकता अनुकुल अमेरिकी व्यापारको सृजना र बलियो सीमा निर्माण गरेको बताए ।
अमेरिकाले विशेष गरि चीन र बाँकी विश्वसँगको व्यापार घाटा सम्बोधन गर्नुपर्ने स्पष्ट पारे । आफ्नो प्रशासनले खुला व्यापारलाई नभई स्मार्ट व्यापारलाई जोड दिने उनले बताए ।
रुसले आफ्नो आणविक हतियारमा भारी कटौती गरेमा यसको बदलामा अमेरिकी प्रतिबन्ध हटाइने ट्रम्पको भनाइ थियो ।
Donald Trump