News

राष्ट्रपतिपुत्रीको विहेमा यस्तो देखियो भीआइपीको लस्कर, कोही पैदलै कोही स्कटिङमा

राष्ट्रपतिपुत्रीको विहेमा यस्तो देखियो भीआइपीको लस्कर, कोही पैदलै कोही स्कटिङमा
माघ – ३ । सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा. निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवबीच विवाह वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । उक्त वैवाहिक कार्यक्रममा पूवराजाका साथै राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी लगायत वर–वदुलाई शुभकामना दिन शितल निवास पुगेका थिए । राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुमको विवाह कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सहभागीलाई विशेष रुपमा हेरिएको छ । उनी निशाकुसुमको वैवाहिक समारोहमा करिव २० मिनेट उपस्थित रहे । सोमबार बिहान १० बजेदेखि आमन्त्रितहरु अथितीहरु राष्ट्रपति भवन शीतल निवासमा प्रवेश सुरु गरेका थिए  । राष्ट्रपतिकी छोरी निशाकुसुमको विवाहको निम्तोमा गएको भीआइपी र भीभीआइपी कोही झण्डावाल गाडीमा देखिन्थे भने कोही कालो सिसाको महंगो गाडीमा प्रहरीको स्कटिङमा आएका थिए । विवाह समारोहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, प्रधानन्याीश सुशीला कार्की, एमाले उपाध्यक्ष वामदेव गौतम, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत शीतल निवास पुगेका थिए । उनीहरु सबैले आआफ्नै सवारी साधनको प्रयोग गरेका थिए । त्यतिबेला एक भीआइपी भने पैदलमै शीतलनिवास पुगेको पुगे । उनी थिए पूर्व उप–प्रधानमन्त्री तथा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी । केसी शीतलनिवासको मूलगेटमा पैदलमै पुगेका थिए । उनलाई गेटमा खटिएका नेपाली सेनाका अधिकारीले सोधपुछ गरे, त्यसपछि निम्तालु लिस्टमा नाम राखेर भित्र जान अनुमति दिए । केसी जसरी पूर्वमन्त्री तथा एमालेका सचिव गोकर्ण विष्ट पनि पैदलमै देखिएका थिए । उनी भने शीतलनिवासको मूल गेटबाट पसेनन्, उनी निवासको दुई नम्बर गेटबाट प्रवेश गरेका थिए । उक्त गेटबाट निम्तालु सर्वसाधारण ओहोर–दोहोर गरेको देख्न सकिन्थ्यो । बेहुली पक्षको आग्रह बमोजिम यादव परिवार करिब ४० जना जन्ती लिएर बिहान १० बजे शीतलनिवास प्रवेश गरेको थियो ।

Nishakushum Bhandar-Abhishekh Yadhav

विशेष