शंकर ग्रुपका मालिक साहिल अग्रवालले महानगरपालिकाका कर्मचारी किनिदिए
माघ ४ । नक्साभन्दा अलिकति दायाबाया गरे सर्वसाधारणको घरको नक्सा पसा हुँदैन । तर, पैसावलाहरुलाई भने कुनै नियम लागू हुँदैन ।
पैसा बुझाएपछि महानगरपालिकाका कर्मचारीले जे पनि गरिदिन्छन् । नक्सालमा हिल्टन होटल बनाउन मापदण्डविपरीत खाल्डो खन्दा आधा सडक नै भासिएको घटनाले महानगरभित्र कति धेरै आर्थिक चलखेल हुन्छ भन्ने कुरा प्रष्ट भइको छ । १० दिनदेखि भगवती बहाल मन्दिरबाट प्रहरी मुख्यालयतर्फ जाने सडक नै बन्द छ । जसकारण नक्साल क्षेत्रको सडक दैनिक जाम हुने गरेको छ । एक व्यापारीको गल्ती र कर्मचारीको घुसमोहले हजारौं सर्वसाधारण मर्कामा परेका छन् । तर, होटल बनाउन व्यापारी शंकर ग्रुपका मालिक साहिल अग्रवाललाई भने कुनै कारबाही भएको छैन ।
अग्रवालले सडककै छेउमा होटलका लागि ५० मिटर गहिरो जग हाल्न खाल्डो खनेका थिए । जसकारण छेउछाउका घरसमेत चर्किका छन् । खाल्डोकै कारण क्राउन प्लाजा होटलसमेत चर्किएको छ । –दृष्टि साप्ताहिकबाट