सुन तस्करीमा गृहमन्त्री विमलेन्द्र निधिको आफ्नै सेटिङ
माघ ४ । तस्करीको धेरै सुन भारत जाने गर्दछ । वीरगंज, भैरहवा तथा जनकपुर नाका हुँदै सुन भारत जाने गरेको छ । तीनै जिल्लामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्ना विश्वासपात्र एसपीलाई सरुवा गरेर तस्करीमा सेटिङ मिलाएका छन् । धनुषामा लालमणि आचार्य, पर्सामा गोविन्द साह, तथा रुपन्देहीमा रवीन्द्र धानुकलाई पठाएका हुन् । तीन जना भ्रंष्ट प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
इजिपी उपेन्द्रकान्त अर्याको विरोधका बाबजुद जरी पनि उनीहरुलाई ती जिल्लामा सरुवाका लागि दबाब दिएका थिए । विमानस्थलमा पनि निधिले सेटिङ मिलाएको स्रोत बताउँछ । सुन तस्करीकै लागि वीरगन्जका राजुबाबु श्रेष्ठलाई सरुवा गर्न खोज्दा गृहमन्त्री निधि र आइजी अर्यालबीच विवाद भएको थियो । त्यसमा गृहमन्त्री निधिले नियत कस्तो थियो भन्ने कुरा यस घटनाले पनि पुष्टि गरेको छ । –दृष्टि साप्ताहिकबाट