चीनले दियो ट्रम्पलाई कडा चेतावनी, आगोसँग खेल्दा पोल्ला

माघ ४ । चीनको एक सरकारी पत्रिकाले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको छ । एक चीन नीतिमाथि पटक पटक प्रश्न उठाउँदै आएका उनले शुक्रबार दिएको एक अन्तर्वार्ताका क्रममा एक चीन नीतिका बारेमा कुराकानी हुनुपर्ने बताएपछि चीन ट्रम्पसँग रुष्ट बनेको हो ।
अमेरिकाले सन् १९७९ मा एक चीन नीतिलाई स्वीकार गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध भंग गरेको थियो । चीनले ताइवानलाई अलग प्रान्तका रुपमा मान्दै आएको छ । तर ट्रम्पले एक अन्तर्वार्ताका क्रममा चीनसँग एक चीन नीतिसहित सबै कुरामा छलफल गर्न तयार रहेको बताएका थिए ।
चाइना डेलीले सोमबार कडा सम्पादकीय लेख्दै ट्रम्पले ताइवानको मुद्दामा आगोसँग खेलिरहेको चेतावनी दिएको हो। यसअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले एक चीन नीति बहसको विषय नभएको भन्दै ट्रम्पलाई चेतावनी दिइसकेका छन्।
China donald trup