विदेश

रुसद्वारा अति शक्तिशाली लामो दूरीको क्षेप्यास्त्र परीक्षण, जल - जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने

रुसद्वारा अति शक्तिशाली लामो दूरीको क्षेप्यास्त्र परीक्षण, जल - जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने
माघ - ४ । रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामो दूरीको क्षेप्यास्त्रको मंगलबार परीक्षण प्रक्षेपण गरेको छ । ‘तोपोल–एम’ नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल) ‘आइसीबीएम’ रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । गृहनिर्मित तोपोल–एम आइसीबीएम क्षेप्यास्त्रको क्षमता, शक्ति तथा विश्वसनीयता पहिलेकै अवस्थाको जस्तो छरछैन भन्ने पुनर्पुष्टि (रिकन्फर्मेसन) गर्ने प्रयोजनवश सो परीक्षण गरिएको तथा सो परीक्षणकार्य अत्यन्त सफलतापूर्वक सम्पन्न भएको रुसी गृह मन्त्रालयको दाबी छ । तोपोल–एम क्षेप्यास्त्रले अधिकतम् ११ हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता राख्दछ । साथै, करिब पाँचलाख पाँचहजार टन क्षमताका आणविक हातहतियार क्षणभरमै नस्ट गर्ने शक्ति पनि यससँग हुन्छ । यसलाई ठूला–ठूला बाहन (ट्रक)मा राखी चाहेको ठाउँमा लैजान वा सामुद्रिक जहाजको प्रयोगद्वारा स्थल वा जमिन दुबैठाउँबाट प्रहार गर्न मिल्छ ।

ICBM Missile Russia

विशेष