युएईको तीनदिने भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्ता

माघ – ४ । संयुक्त अरब इमिरेट्स (युएई)को तीनदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दशौं विश्व ऊर्जा सम्मेलनलाई सम्बोधन गर्न युएई पुगेका थिए ।
शनिबार युएइ गएका प्रधानमन्त्री दाहालले सोमबार दशौं विश्व ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे । युएइमा रहँदा उनले प्रवासी नेपालीको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए ।
उनले युएईसँग आपसी हितका विषयमा कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी सीता, छोरा तथा स्वकीय सचिव प्रकाश दाहाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत थिए ।
Puspakamal Dahal