विदेश

२६ सांसदद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार, युरोपमा ट्रम्पको आलोचना

२६ सांसदद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार, युरोपमा ट्रम्पको आलोचना
माघ - ४ । आगामी शुक्रबार सम्पन्न हुने ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी कांग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका (संसद)लाई राष्ट्रिय काँग्रेस भनिन्छ। तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट)समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्या्टिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वा्चित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्या्टिक पार्टीलाई समेत तथा नाम गाली गरेका थिए । यसको कडा प्रतिबाद स्वरुप छब्बीस जना डेमोक्र्याट काँग्रेस सदस्यहरुले सो औपचारिक शपथ ग्रहण समारोह बहिष्कार गर्ने बताएका हुन् । यसैबीच, नवनिर्वा्चित डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकाहरुलाई अन्तर्वार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्नेबारे गरेको पूर्व्निर्णयको प्रशसा गर्दै अन्य देशले पनि त्यसैगरी बिस्तारै युरोपेली संघ त्याग गर्दैजाने विश्वास व्यक्त गरेका थिए। साथै, ट्रम्पले जर्मनीकी चान्सलर एन्जेला मार्कलको ठूलो संख्याका बाहिरिया शरणार्थीलाई जर्मनीमा स्वगत गर्ने नीतिको तीब्र आलोचना गरेका थिए । उनको यस्ता अभिव्यक्तिहरु बर्लिन र पेरिसले पटक्कै रुचाएनन्। तत्कालै प्रतिक्रिया ब्यक्त गर्दैै चान्सलर मर्केलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताइन्। साथै युरोपेली बलिष्ठ एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने पनि बताइन्। यस अतिरिक्त, ट्रम्पले ब्यक्त गरेका ब्रेक्जिटको प्रतिक्रिया स्वरुप चान्सलर मर्केल र र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाँदले युरोप आफ्नो मूल्य तथा मान्यताबाट निर्दे्शित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरेका छन्।

Donad Trump

विशेष