माओवादीबाट छानिएका न्यायाधीशका उम्मेदवार बहुविवाहको बात लागेका
माघ ५ । अघिल्लो हप्ता मध्यरात बहुमत न्यायपरिषद सदस्यले गरेको न्यायाधीश नियुक्तिमा सत्तारुढ दुई पार्टीका नेताहरु उपस्थित भएको र न्यायपरिषदका दुईजना सदस्यले सो बैठक बहिष्कार गरेको खबर त सार्वजनिक भइसक्यो । तर सो प्रशंगभित्रको रामकहानीचाहिँ बाहिर आउन बाँकी नै छ । नेपाली कांग्रेस पृष्ठभूमिका १५ जनाले अवसर पाउँदा पनि परिषद् सदस्य रामप्रसाद सिटौला खुशी भएनन् । कांग्रेसभित्रै पनि देउवा पक्ष हावी भयो ।
भाग अरुले खाए तर बद्नाम सुशीला कार्की भइन् । अनि यस्ता मान्छे पनि नियुक्त भए जसमाथि वहुविवाहको मुद्धा छ र उनी दाङस्थित श्रीमतीबाट भागी हिँड्ने गरेका छन् । उनी हुन् मदन पोख्रेल, माओवादी निकट मान्छे । नियुक्तकर्तामध्येका एक पदम बैदिकको फर्म पार्टनर । अर्का नवन्यायाधीश सीताराम मण्डलमाथि पनि तीन वटी श्रीमती भित्र्याएको आरोप छ । –जनआस्था साप्ताहिकबाट