विदेश

महिला सांसदको उर्दी पतिसंग सशर्त यौनसम्बध राख्नुहोस्

महिला सांसदको उर्दी पतिसंग सशर्त यौनसम्बध राख्नुहोस्

माघ ५ । केन्यामा एक महिला सांसदले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई पतिसँग सशर्त यौनसम्बन्ध राख्न उर्दी गरेकी छन् । सांसद मीशी मबोकोले महिलाहरुलाई आह्वान गर्दै भनिन, ‘तपाईहरु आफ्नो पतिसँग त्यतिन्जेलसम्म यौन सम्बन्ध नराख्नुस, जबसम्म पतिले मतदाता परिचयपत्र नविकरण गरेर ल्याउँदैनन् ।’

तटीय शहर मोम्बासाबाट प्रतिनिधित्व गरेकी उनले भनिन, ‘महिलाहरुले यो रणनीति अपनाउनै पर्छ, आफ्नो मतदाता परिचयपत्र नदेखाएसम्म पतिलाई यौन सम्बन्ध बनाउन नदिनुस् ।’

मतदाता परिचयपत्र नविकरण गर्नका लागि फेब्रुअरी १७ सम्मको समयावधि तोकिएको छ । उनले ‘यौन’ महिलाहरुको शक्तिशाली हतियार भएको उल्लेख गर्दै भनिन, ‘मतदानका लागि अनिच्छुक पुरुषलाई पनि यसबाट मताधिकार प्रयोगमा प्रोत्साहित गर्न सकिन्छ ।’

आफ्नो पतिमा भने यस्तो वहिष्कारको शर्त राखिरहन जरुरी नरहेको पनि उनले प्रष्ट पारिन् । उनले भनिन, ‘मेरो पतिले मतदाता परिचयपत्र नविकरण गरिसक्नु भएको छ ।’

केन्यामा यौन सम्बन्ध वहिष्कार वा सशर्त यौन सम्बन्धको आह्वान नयाँ विषय होइन । यसअघि सन् २००९ मा पनि महिला कार्यकर्ताहरुले साताव्यापी रुपमा यौन सम्बन्ध वहिष्कार गरेका थिए ।

विशेष