अपराध सुरक्षा विदेश

बिहारमा १ सय ५० जनाको ज्यान जाने गरी भएको घटनामा नेपालीको संलग्नता !

बिहारमा १ सय ५० जनाको ज्यान जाने गरी भएको घटनामा नेपालीको संलग्नता !

माघ ५ बिहार पुलिसले २० नोभेम्बरमा १५० जनाको ज्यान जाने गरी कानपुरको पुखराया भएको रेल दुर्घटना नेपालीको योजनामा आईएसको आक्रमणबाट भएको दाबी गरेको छ ।

मोतिहारीका एसपी जितेन्द्र राणालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यो रेल आक्रमणमा संलग्न तीनजना अभियुक्तको बयानपछि आईएसले आक्रमण गरेको रहस्य खुलेको हो ।

पक्राउ परेकाहरुसँगको लामो बयान र अनुसन्धानपछि कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबईमा बस्दै आएका नेपालका कारोबारी शम्शुल होदा रहेको बिहार प्रहरीले निचोड निकालेको छ ।

नेपालका कारोबारी शम्शुलले नै यो आक्रमणका लागि उनीहरुलाई लगानी गरेको दाबी भारतीय प्रहरीले गरेको छ। अनुसन्धानपछि खुलेको विवरण अनुसार नेपालका यी कारोबारीले आईएआईलाई पनि लगानी गरिरहेको दाबी भारतीय पक्षको छ ।

२० नोभेम्बर २०१६ मा भएको कानपुर रेल दुर्घटनामा पटना(इन्दौर एक्स्प्रेस लीकबाट उत्रिँदा कम्तिमा पनि १५० जनाले ज्यान गुमाएका थिए । राणाले बताए अनुसार मोती पासवानसहित तीन आरोपीले कानपुर रेल दुर्घटनासँग जोडिएका कयौँ ठूला तथ्यको खुलासा गरेका छन् ।

एसपी राणाले भनेका छन, ’’शम्शुलले नेपालकै अर्का बृजकिशोर गिरी अर्थात बाबामार्फत कानपुर रेल आक्रमणको योजना बनाएका थिए ।’’ मोतीले पुलिससँगको बयानमा भनेका छन, ’’पुखराया नजिकै रेलवे ट्रयाकलाई बम लगाएर उडाइदिएका थिए । यसका कारण २० नोभेम्बरको बिहानै पटना(इन्दौर एक्सप्रेस पुखराया नजिकै दुर्घटनाको शिकार भएको थियो ।’’

एसपी मोदीका अनुसार यस घटनाका मूख्य योजनाकर्ता शम्शुलका भतिजा जियाउल हक र अन्य एकजना पनि सहभागी थिए । उनीहरुसँगै राकेश यादव, गजेन्द्र यादव र बृजकिशोर गिरीका साथै अन्य दुईजना पूर्वी चम्पारणबाट गएका थिए ।

“यही समूहले पूर्वी चम्पारणको घोडासहनमा पनि अक्टोबरमा पनि घरेलु विस्फोटक पदार्थ लगाएर रेललाई उडाउने योजना बनाइएको थियो ।

नेपालबाट तीनजना पक्राउ

यस मामिलामा अहिलेसम्म ८ जना गिरफ्तार भइसकेका छन् । यिनमा मोती पासवान, मुकेश यादव र उमाशंकर पटेल पूर्वी चम्पारणका घोडासहन निवासी हुन् ।

बृजकिशोर, मुजाहिर अन्सारी र शम्भु गिरीलाई नेपालबाट पक्राउ गरिएको हो । जुबैर र जियाउललाई भारतीय प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो । गजेन्द्र शर्मा र राकेश यादवको खोजी भइरहेको छ।

कसरी भयो यो घटनाको खुलासा

घोडासहनबाट २५ डिसेम्बरमा अरुण राम र दीपक राम वेपत्ता भएका थिए । २८ डिसेम्बरमा उनीहरुको नेपालको बारा जिल्लास्थित जङ्गलमा यी दुबैको हत्या भएको थियो । मृतकहरु बिहार पूर्वी चम्पारण रक्सौल थाना निवासी १८ वर्षीय दिपक राम र अरुण राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरिसकेको छ ।

मृतक दुवैजना काकाभतिजा थिए । मृतक अरुण रामका दाइ दशरथ रामले शव पहिचान गरेका थिए । घटना विवरण दुवैजना खाना खाएर भारतीय नम्बरको गाडी चढी नेपाल आएको दशरथ रामले प्रहरीलाई बताएका थिए ।

बाराको जङ्गलमा हत्या

नेपाल आउने क्रममा अरुणको मोबाइलमा फोन आउनेबित्तिकै दुवैजना एउटै मोटरसाइकलमा परिवारलाई नभनी हिंडेको जानकारी दशरथले प्रहरीलाई गराएका छन् । उनीहरुको शव करैया–८ सहजनाथ मन्दिरदेखि डेढ किलोमिटर उत्तर जङ्गलमा प्रहरीले पुस २८ गते दिउँसो फेला पारेको थियो । दुवैजनालाई हातखुट्टा बाँधेर घाँटी रेटी हत्या गरिएको थियो ।

यही हत्याको आशंकमा भारतीय प्रहरीले मुजाहिर अन्सारीलाई पक्राउ गरेको थियो । मुजाहिरले पुलिसलाई बताए अनुसार रक्सौल(दरभङ्गा रेल ट्र्याकमा घोडासहन नजिकै घरेलु विस्फोटकबाट रेललाई उडाउने कोशिस भएको थियो ।

शम्शुल होदाले यसको योजना बनाएका थिए र यसमा बृजकिशोर, उनका साला शम्भु र मुजाहिर सहभागी थिए । ट्र्याक उडाउनका लागि शम्शुलले अरुण र दीपकलाई २०–२० लाख र स्कोर्पियो दिने बाचा गरेका थिए । शम्शुलले बृजकिशोरमार्फत ३–३ लाख पेश्की पनि लिएका थिए ।

दीपक र अरुणले ट्र्याकमा विस्फोटक पदार्थ त राखे तर विस्फोट गराउने तार जोड्न भुले । त्यहीकारण यो योजनाले हावा खायो । दुबैले पैसा पनि फर्काएनन् । जसका कारण उनीहरुलाई नेपालमा ल्याएर हत्या गरियो ।

यो प्रकरणमा आईएस जोडिएपछि भारतीय जासुस एजेन्सीहरु एनआईए, आईबी र रअको टीम मोतिहारी आइसकेको छ ।  मोती पासवानको गिरफ्तारी र खुलासापछि नेशनल इन्भेस्टिगेसन एजेन्सी र अर्को जासुस एजेन्सीका प्रतितिनिध मोतिहारी पुगेर अनुसन्धान थालेका हुन् । आईबी, रअ, एटीएस र स्पेशल टीमले अलग–अलगरुपमा मोतीसँग बयान लिएका छन् । उनको बयानबाट अझै अहम तथ्यहरु खुल्ने दाबी गरिएको छ ।

Nepali ISI

विशेष