मुख्य समाचार विदेश

राष्ट्रपतिको शपथ लिनै लाग्दा ट्रम्पलाई आपत, यौन दुर्व्यवहार सम्बन्धी मुद्धा दायर

राष्ट्रपतिको शपथ लिनै लाग्दा ट्रम्पलाई आपत, यौन दुर्व्यवहार सम्बन्धी मुद्धा दायर

माघ ५ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुर्व्यवहार  सम्बन्धी मुद्धा खेप्नु परेको छ ।

ट्रम्पले आफूमाथि यौन दुरव्यहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुव्र्यवहार गर्ने ट्रम्प विरुद्ध मान हानीको मुद्दा दायर गरेको जानकारी दिएकी हुन ।

उनले भनिन् ‘ट्रम्प झुट र महिला विरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’ ट्रम्मले आफ्नो बारेमा बोलेका कुरा फिर्ता नलिएकाले मुद्दा दर्ता गरेको समेत उनले बताइन । जागिरका बोलाएर आफूमाथी यौन हमला गरेको समेत उनले पत्रकार सम्मेलनमा बताएकी छन् ।

Donald Trump

विशेष