विदेश

नोटबन्दीः रिजर्व बैंक तालाबन्दी गर्न पुगेका पूर्व गृहमन्त्री शिन्दे गिरफ्तार

नोटबन्दीः रिजर्व बैंक तालाबन्दी गर्न पुगेका पूर्व गृहमन्त्री शिन्दे गिरफ्तार
माघ - ५ । भारत सरकारको नोटबन्दीको विरोधमा आज गुजराजको रिजर्व बैंकको कार्यालयमा तालाबन्दी गर्न गएका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता सुशील कुमार शिन्देलाई प्रहरीले गिर्फतार गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार रिजर्व बैंकको कार्यालयमा पार्टीका अन्य नेता तथा कार्यकर्तासंगै पुगेका पूर्व मन्त्रीलाई प्रहरीले गिर्फ्तार गरको हो । उनीसंगै पगुजारत प्रदेश अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री भरतसिंह सोलन्की, पूर्व मुख्यमन्त्री शंकरसिंह वाघेलालाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नुअघि शिन्देले नोटबन्दीका कारण गरिब तथा मजदुरले दुःख झेल्नु परेको आरोप लगाएका थिए । नोटबन्दीको घोषणाको केही समयपछि नै यसको विरोधमा उत्रिएको कांग्रेसले पछिल्लो समय गुजरातभरी बैंकमा तालाबन्दीको कार्यक्रम आयोजना गरिरहेको छ ।

sushil kumar shinde

विशेष