ह्वाइटहाउसमा ओबामाको अन्तिम पत्रकार सम्मेलन, ‘नागरिक स्वतन्त्रतामा लडिरहने प्रतिवद्धता’
माघ ६ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह दिएका छन् ।
जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने उनले प्रष्ट गरे । यूक्रेनको सम्प्रभुतामाथिको अतिक्रमण जस्ता अक्षम्य काम रुसबाट भएको ओबामाको भनाइ छ ।
ह्वाइटहाउसमा आठ वर्ष बिताएपछि राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा ओबामाले भ्लादीमिर पुटिनले अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध कायम गरेको र यो शीत युद्ध जस्तै रहेको पनि उल्लेख गरे ।
ओबामाले आफू नागरिक स्वतन्त्रताको पक्षमा सधै आवाज उठाइरहने पनि प्रष्ट गरे । भोलि शुक्रवार जनवरी २० का दिन ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिँदै लिदैंछन् ।
जहां ५० जना सिनेटरले शपथ समारोह बहिष्कार गर्ने निर्णय गरेका छन् । ट्रम्पको अभिव्यक्ति र कार्यशैलीप्रति विरोध जनाउँदै डेमोक्रेट सिनेटरहरुले शपथ समारोह बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
Barak Obama