विदेश

ओबामाद्वारा एक सैनिकको ३५ वर्षको जेल सजाय माफ

ओबामाद्वारा एक सैनिकको ३५ वर्षको जेल सजाय माफ

माघ ६ । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकाको सबैभन्दा ठूलो गोप्य सूचना चुहाएको अभियोगमा दोषी ठहरिएकी एकजना अमेरिकी सैनिकको बाँकी जेल सजायलाई घटाइदिएका छन् ।

२९ वर्षीय ट्रान्सजेन्डर अमेरीकी सैनिक चेल्सी म्यानिङले सन् २०१० मा विकिलिक्सलाई गोप्य सूचनाहरु चुहाएकी थिइन् । झण्डै साढे सातलाख संवेदनशील सैन्य र कुटनीतिक सूचनाहरु विकिलिक्स वेबसाइटलाई दिएको आरोपमा उनी सन् २०१३ मा दोषी ठहरिएकी थिइन् । चेल्सी म्यानिङलाई ३५ वर्षको जेल सजाय सुनाइएको थियो । यो अमेरिकी इतिहासमा गोप्य सामग्रीहरुको चुहावट भएको एउटा ठूलो घटना थियो ।

तर ओबामा ले उनलाई मे महिनामा रिहा गरिने बताइएको छ । चेल्सीले गत वर्ष क्यान्जसस्थित पुरुषहरु रहने सैन्य कारागारमा दुईपटक आत्महत्याको प्रयास गरेकी थिइन् ।

राष्ट्रपतिका रुपमा आफ्ना अन्तिम कामहरु अन्तर्गत ओबामाले २०९ जनाको जेल सजाय घटाइदिएका छन् भने अन्य ६४ जनालाई माफी दिएका छन् ।

Chelsea Meaning

विशेष