विदेश

पूर्व प्रेमीले ३२ पटक चक्कु हानेकी यी युवती यसरी बाँच्न सफल भइन्

पूर्व प्रेमीले ३२ पटक चक्कु हानेकी यी युवती यसरी बाँच्न सफल भइन्
माघ ६ । अमेरिकाको फ्लोरिडा सहरमा बस्ने २० वर्षीया युवती मेसिला डोमेलाई आफ्नै प्रेमी रोबर्ट बर्टनले ३२ पटकसम्म चक्कु प्रहार गरेका छन् । जसबाट उनी गम्भीर घाइते भएपछि बाँच्न सफल भएकी छिन् । नर्स बन्ने सपना बोकेकी उनीस्थानीय अस्पतालमा रिसेप्सनमा काम गर्छिन् । उनीमाथि उनकै पूर्वप्रेमी रहेका बर्टनले आक्रमण गरेका हुन् । सुरुमा इमान्दार लागेर प्रेम गरेकी मेलिसाले पछि बर्टनले झुट बोल्ने गरेको थाहा पाएपछि छाडि दिएकी दिइन् । अन्तिम पटक भेट गर्न बोलाएका प्रेमीले भेट हुने वित्तिकै ढोका बन्द गरेर युवतीलाई पिट्न थालेका थिए । कुटपिट गर्न थालेपछि सुरुमा युवतीले प्रतिकार गरिन् । तर युवकले धारिलो छुराले उनीमाथि निरन्तर आक्रमण गर्न थाले । ३० भन्दा धेरै पटक उनीमाथि आक्रमण भयो । जसबाट उनी गम्भिर घाइते भइन् । उनी चिच्याएपछि प्रहरीले उनलाई उद्धार गरेको थियो ।

Ameria Akarman

विशेष