विदेश

हिमपहिरोले होटल पुरिदा ३० जना हराए

हिमपहिरोले होटल पुरिदा ३० जना हराए
माघ - ६ । इटालीको मध्य भागस्थित अब्रुजो क्षेत्रमा हिमपहिरो खस्दा ग्रान सास्सो पहाडनजिक रहेको रिगोपियानो होटल पुरिएको छ ।हिमपहिरोमा परी  हाेटेल पुरिदा ३० भन्दा बढी मानिस हराइरहेका छन् । दुईजनालाई जीवितै उद्धार गरिएको छ । कम्तीमा २० जना पर्यटक र सातजना कर्मचारी होटलमा रहेको अनुमान गरिएको छ । उद्धारकर्मीहरुले होटलमा रहेका धेरैजनाको मृत्यु भएको जनाएका छन् । हिमपातसँगै चलेको तीव्र हावा र बाटो हिउँले अवरुद्ध पारेका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । हिमपहिरो गएको क्षेत्रमा बुधबारमात्र चारपटक भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पराकम्पन आउनेक्रम जारी रहेको बताइएको छ । यस क्षेत्रमा गत अगष्ट २४ मा गएको भूकम्पमा परी २९८ जनाको मृत्यु भएको थियो ।

Italy

विशेष