विदेश

डोनाल्ड ट्रम्पले आज सपथ लिंदै, ह्वाइट हाउसमा भव्य तयारी

डोनाल्ड ट्रम्पले आज सपथ लिंदै, ह्वाइट हाउसमा भव्य तयारी

माघ ७ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले शुक्रबार९आज० पद तथा गोपनियताको सपथ लिदैछन् । उनले आजैदेखि जिम्मेवारीसमेत सम्हाल्दै छन् ।

ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन् शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित भएका थिए ।

शपथ ग्रहण समारोहका लागि ट्रम्प ह्वाइट हाउस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । आजैदेखि राष्ट्रपति बाराक ओबामाको कार्यकाल पूरा हुँदैछ ।

ट्रम्प सामु विभाजित देशलाई एकताबद्ध बनाएर लैजाने चुनौती छ । चुनावी अभियानदेखि नै महिलामाथिको प्रतिक्रिया तथा विभिन्न यौनदुव्र्यवहारका आरोप तथा भिडियोका कारण ट्रम्प आलोचनको घेरामा छन् ।

ट्रम्पले महिलाप्रति व्यक्त गर्ने विचार अपमानजनक भएको भन्दै धेरै आलोचना गर्ने गरेका छन् । रिपब्लिकन पार्टीभित्रकै धेरै नेता पनि ट्रम्पको व्यवहारबाट खुशी छैनन् ।

यस्तै विभिन्न विषयमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने विचारका कारण पनि ट्रम्पको आलोचना हुने गरेको छ ।

यसैगरी चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा छन् ।

विश्लेषकले अमेरिका इतिहासकै विभाजित अवस्थामा रहेको बताएका छन् । विभाजित देशलाई एक बनाएर लैजानु ट्रम्पको चुनौती हो ।

तर ट्रम्पले भने देश चुनावी अभियानभन्दा पहिलेदेखि नै विभाजित रहेको बताएका छन् ।

Donald Trump

विशेष