विदेश

जल्ली कट्टुको टाउको दुखाईमा भारत सरकार

जल्ली कट्टुको टाउको दुखाईमा भारत सरकार

माघ ७ । भारतको तमिलनाडु राज्यमा एक परम्परागत खेललाई अदालतले प्रतिवन्ध लगाएको विरोधमा केही दिन यता भएको प्रर्दशनमा जनसहभागिता वढ्दै गएपछि राज्य र केन्द्र सरकार दुवैका लागि टाउको दुखाइएको विषय वनेको छ । यस सम्बन्धमा बिहीबार तमिलनाडु राज्यका मुख्यमन्त्री पन्नीरसेल्वमले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटेर अध्यादेश जारी गरेर जल्लीकटुट नामक सो खेल फुकुवा गर्न माग गरेका छन् ।

मोदीले सो विषय अदालतमा विचाराधिन मुद्धा भएकाले आफूले तत्काल केही गर्न नसकिने जानकारी गराएका छन् । प्रदर्शनहरु बढेपछि धेरै स्कुल तथा कलेजहरु समेत बन्द गरिएका छन् भने विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो ऐक्यवद्धता जनाउने क्रम बढ्दो छ । सो खेल तमिलको साँस्कृतिक पहिचानसँग पनि जोडिएको कारण जनसहभागिता बढिरहेको हो ।

मोदीले भने राज्यले लिने कदमलाई केन्द्रले सहयोग गर्ने आश्वासन दिएका छन् । केन्द्र सरकारमा महान्यायाधिवक्ता मुकुल रोहाटगिले केन्द्र सरकारले केही गर्न नसक्ने तथा राज्य सरकारले कानुन बनाएर खेललाई सुचारु गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

सो परम्परागत खेलमा साँढेलाई खुल्ला चौरमा छोड्ने गरिन्छ र २० देखि ३० वर्षसम्मका युवाहरुले साँढेको सिंग तथा अन्य भाग समातेर त्यसलाई नियन्त्रणमा लिने प्रयास गर्दछन् ।

तर सन् १९९० देखि नै जनावरहरुको अधिकारक्षेत्रमा काम गर्नेहरुले सो खेल बन्द गर्न माग गरिरहेका थिए । सन् २०११ मा वातावरण मन्त्रालयले पहिलोपटक सो खेलमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । गत वर्षको तमिलनाडुको विधानसभाको अगाडि केन्द्रीय सरकारले अदालतले गरेको प्रतिबन्धलाई हटाउन प्रयास गरेपनि अदालतले भने सो खेल नगर्नु भनी अन्तरिम आदेश जारी गरेपछि सो खेल हुन सकेन् ।

हाल नयाँ दिल्लीमा रहेका तमिलनाडु राज्यका मुख्यमन्त्रीले आज राष्ट्रपति प्रवण मुखर्जीसँग भेट गर्ने कार्यक्रम रहेको छ । यदि राष्ट्रपतिले पनि सो खेल फुकुवा गर्नको लागि कुनै कदम नचालेमा तमिल नाडु राज्य भने खेललाई फुकुवा गर्ने पक्षमा रहेको छ ।

सो खेल झण्डै २००० वर्षदेखिको पुरानो खेल मानिन्छ । यसमा कुनै आकर्षक आर्थिक पुरस्कार भने छैन् । जित्नेले कुर्ता लगायतका सामानहरु पुरस्कार प्राप्त गर्ने गर्दछन् ।

Jalli Kattu

विशेष