ताजा खबर News

काठमाडौं विश्वविद्यालयमा माकाजु पुनः नियुक्त

काठमाडौं विश्वविद्यालयमा माकाजु पुनः नियुक्त

माघ ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पुनः रामकण्ठ माकाजु नियुक्त भएका छन् यसअघि पनि उपकुलपतिको पद सम्हालेका मकाजुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आज पुन नियुक्त गरेका हुन् ।

उपकुलपति छनौट समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व उपकुलपति माकाजूसहित पूर्व रजिस्ट्रार भक्तमान तुलाधर, रजिस्ट्रार एवं कार्यवाहक उपकुलपति भोला थापा, पूर्व डिन मनप्रसाद वाग्ले र बायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो ।

यसअघि मकाजुको ४ बर्षे कार्यकाल सकिएपछि मंसिर २६ गते यता उपकुलपति पद रिक्त थियो ।

Ramkantha Makaju

विशेष