News

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक
माघ–७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । आगामी एक दशकभित्र कञ्चनपुर, नेपाल र भारतबीचको आर्थिक सम्बन्धको प्रवेशद्वारका रुपमा विकसित हुने दाबी गर्दै उनले महाकाली नदीमा चार लेनको पुल बने सुदूरपश्चिमको स्मृद्धिमा टेवा पुग्ने बताए । मुलुकको बेरोजगारी, अशिक्षा, पछौटेपन हटाउन सबै राजनीतिक दलका साथै निजी क्षेत्र समेत मिलेर विकास निर्माणमा अघि बढ्न उनले आग्रह गरे । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले जिल्लामा हालसम्म एउटा पनि उद्योग स्थापना नभएकाले उद्योग स्थापना गरेर रोजगारीको सिर्जना गर्न मन्त्री लेखक समक्ष माग गरे । रासस

आर्थिक समृद्धि पूर्वाधारको विकास रमेश लेखक

विशेष