News

मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने

मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने
माघ–७ । सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले पुस १ गतेदेखि पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आव २०७३/७४ को पुस मसान्तसम्म छ अर्ब ४१ करोड ८८ लाख ९५ हजार १ सय २५ रुपैयाँ सङ्कलन गर्नुका साथै मन्त्रालयअन्तर्गतको बेरुजु फर्छ्यौट प्रगति १८.८८ प्रतिशत रहेको जनाएको छ । मन्त्रालयले डिजिटल केबल प्रसारण एक, एफएम तीन तथा नियमित एक एफएमलाई सञ्चालनका लागि अनुमति दिएको छ । नेपाल इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन आइटियु को सदस्य भएबापत वार्षिकरुपमा बुझाउनुपर्ने सदस्यता शुल्कअन्तर्गत सन् २०१३ देखि हालसम्म बाँकी रहेको शुल्क महालेखा नियन्त्रक कार्यालयमार्फत भुक्तानी गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो । सचिवको संयोजकत्वमा मन्त्रालय र मातहतका निकायको बैठक बसी सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, तत्काल सुधार कार्ययोजना, बेरुजु, मन्त्रिपरिषद्का निर्णय, बैठकका निर्णयको हालसम्मको प्रगति समीक्षा गरिएको तथा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका पदाधिकारीसहितको उपस्थितिमा दूरसञ्चार सेवा प्रभावकारी रुपमा प्रदान गर्न प्रयोग भएको पूर्वाधार, सडक सञ्जाल, विद्युतीय प्रसारण र वितरण र नेपालको बस्ती विकासको वर्तमान अवस्थासमेतलाई ध्यान दिँदै दूरसञ्चार पूर्वाधारसम्बन्धी भविष्यको आवश्यकतालाई ध्यानमा राखी नक्साङ्कन तयार गरी पेस गर्न निर्देशन दिइएको थियो । रासस  

कार्य तथा उपलब्धि सूचना तथा सञ्चार मन्त्रालय

विशेष