विदेश

ट्रम्पले आजबाट विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हाल्दै

ट्रम्पले आजबाट विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हाल्दै
उमेदवारी दिंदैदेखि निकै चर्चामा रहेका डोनाल्ड जोन ट्रम्पले ४५ औं राष्ट्रपतिको रुपमा आज शपथग्रहण गर्दैछन् । उनले आजबाट विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हाल्ने छन् । उनी आफ्नो बोलि र ब्यवहारको कारण निकै चर्चित बनेका थिए । क्यापिटोल भवन परिसरमा भव्य शपथग्रहण कार्यक्रम हुने छ । ट्रम्पले बराक ओबामालाई विस्थापित गर्ने क्षणमा विश्वको नजर अमेरिकी क्यापिटोल तानिएको छ । यो शान्तिपूर्ण रुपले सत्ता हस्तान्तरण गर्ने समारोहको एक हिस्सा हो । प्रत्येक चार बर्षमा निर्वाचन हुने अमेरिकाका नयाँ राष्ट्रपतिलाई त्यहाँका प्रधान न्यायाधीशले संविधानको प्रावधान अनुसार उनले विहानको ११ः३० (नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा) सपथ लिनेछन् । ट्रम्पले शपथग्रहण अघि राष्ट्रपति बारक ओबामासँग विहानी ब्रेकफास्ट गर्नछन् । ओवामा प्रशासनले जारी गरेको कार्यकारी आदेश उनले खारेज गर्न सक्ने आंकलन अन्तराष्ट्रिय संचार माध्यमहरुले गरिहरको छन् । ८ देखि ९ लाख मानिसले उक्त सत्ता हस्तान्तरण समारोह प्रत्यक्ष रुपमा हेर्ने अपेक्षा गरिएको छ । कंग्रेसका करिब ५० भन्दा बढि डेमोक्रेटिक सदस्यहरुले सार्वजनिक रुपमै सो समारोहमा उपस्थित नहुने जनाएका छन् ।

Trump

विशेष