विदेश
पाकिस्तानः तरकारी बजारमा बम विस्फोट, कम्तीमा २० जना मारिए, ४० घाइते
शनिबार, ०८ माघ २०७३ गते प्रकाशित

माघ ८ । पाकिस्तानको उत्तर–पश्चिमी कुर्रम जिल्लास्थित पाराचिनार सहरमा शनिबार भएको बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अफगानिस्तानकाे सीमा नजिक रहेकाे तरकारी बजारमा भएको विस्फोट भएकाे हाे ।
त्यहाँका अधिकारीहरुले मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।विस्फोट कसलेकिन गराएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । कुर्रम जिल्ला अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्र हाे।
बम विस्फोट