News

राईलाई राष्ट्रिय विभूति घोषणको पहल गरिने

राईलाई राष्ट्रिय विभूति घोषणको पहल गरिने
माघ ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । रामप्रसाद राई फाउण्डेसनद्वारा शनिबार आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उनले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल गर्ने आश्वासन दिए। प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ्यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताए । स्व रामप्रसाद राई भोजपुर निवासी थिए । उनले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेख्नुभएको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकासित छ । फाउन्डेसनका अध्यक्ष स्व राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारे ।

Puspakamal Dahal रामप्रसाद राई

विशेष