News

पूर्व राष्ट्रपति रामवरण यादव अझै केही दिन अस्पतालमा बस्नुपर्ने

पूर्व राष्ट्रपति रामवरण यादव अझै केही दिन अस्पतालमा बस्नुपर्ने
माघ–९ । पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा. रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन दिन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनका छोरा डा‌. चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिए । उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । रासस

अस्पताल रामवरण यादव

विशेष