पत्रकार नै संसारका सबै भन्दा बेइमानः ट्रम्प
माघ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यम संसारकै सबैभन्दा बेइमान भएको आरोप लगाएका छन् ।
कार्यभार सम्हालेको दोस्रो दिन अमेरिकी गुप्चतर निकाय सीआईए मुख्यालयमा वरिष्ठ अधिकारीहरुसँग भेट गर्दै राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यम संसारकै सबैभन्दा बेइमान भएको बताएका हुन् ।
आफ्नो सपथग्रहण समारोहमा मानिसहरुको उपस्थितिलाई लिएर प्रकाशित तथ्यांक र सामाग्रीका विषयमा ट्रम्पले आक्रोस व्यक्त गरेका हुन् । उनले सञ्चारमाध्यमसँग आफ्नो युद्ध चलिरहेको पनि बताए ।
आफू र गुप्तचर निकायबीच शत्रुता रहेको सञ्चारमाध्यमले देखाउने गरेको उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले नयाँ अमेरिकी प्रशासनले सञ्चारमाध्यमलाई उत्तरदायी बनाउने दाबी गरे ।
Donald Trump