विदेश

अमेरिकामा आँधीबेहरी १८ को मृत्यु

अमेरिकामा आँधीबेहरी १८ को मृत्यु

माघ १० । अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरीका कारण १८ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रस्थित जर्जियामा १४ जना र मिसिसिपीमा ४ जनाको मृत्यु भएको हो ।

खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । फ्लोरिडाको उत्तरी तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने भन्दै सर्वसाधारणलाई सावधान र सुरक्षित रहन त्यहाँस्थित मौसम विभागले अपिल गरेको छ ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

America Strom

विशेष