विदेश

ट्रम्पले उल्ट्याए ओबामाको निर्णय

ट्रम्पले उल्ट्याए ओबामाको निर्णय

माघ ११ । अमेरिका १२ देश सम्मिलित ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिएको छ ।

आफूले निर्वाचनमा गरेको बाचा पूरा गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका हुन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता गरिएको थियो ।

टीपीपी सम्झौताले अमेरिकी उत्पादन क्षेत्रमा ह्रास आएको जिकीर गर्दै ट्रम्पले ओबामा प्रशासनको उक्त निर्णय उल्ट्याएका हुन् । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट घटाइ १५ वा २० प्रतिशतमा झार्ने योजना सुनाउँदै विनिमय दर ७५ प्रतिशतसम्म कटौति गर्न सकिने जानकारी दिए ।

विदेशी सामानमा भने ट्यास लगाइने बताए । ओबामा प्रशासनले लिएका नीतिहरु एकपछि अर्को गर्दै खारेज गर्ने बाटोमा लाग्नु भएका ट्रम्पले राष्ट्रपति पदको सपथ लिएलगत्तै पहिलो निर्णय नै ओबामाकेयरसम्बन्धि स्वास्थ्य बीमा नीतिलाई कमजोर बनाउने निर्णय गरेका थिए ।

Donald Trump Trump

विशेष