मलेसियामा डुंगा दुर्घटना ९ को मृत्यु

माघ ११ । गैरकानुनी रूपमा बसाईसराई गरी आएका व्यक्तिहरूको एक डुङ्गा मलेसियाको तटिय क्षेत्रमा पल्टिँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।
सो दुर्घटनामा अन्य कैयौँ व्यक्ति बेपत्ता भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएको छ । सो दुर्घटनामा मारिएका छ महिला र तीन पुरुषको शव सोमबार बिहान सबेरै फेला परेको मलेसियाली समुद्रिय सम्पादन निकायले जानकारी दिएको छ ।
पल्टिएको सो डुङ्गामा गैर कानुनी रूपमा सवार रहेका करिब ४० जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ । इन्डोनेसियाबाट मलेसियातर्फ गइरहँदा सो डुङ्गा दुर्घटना भएको बताइएको छ । बेपत्ता भएका यात्रु्को खोजी कार्य जारी रहेको बताइएको छ ।
Malasiya