पूर्वयुवराज पारस बिरामी, नर्भिक अस्पतालमा भर्ना, भेट्न हिमानी पनि गइन्
माघ । पूर्वयुवराज पारस शाहलाई फुड पोइजन हुँदा उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
झाडावान्ताले सिकिस्त भएपछि उनलाई आइतबार नर्भिक भर्ना गरिएको उनी निकट स्रोतले जानकारी दियो । पारस बिरामी भएको थाहा पाउने बित्तिकै आइतबार नै पूर्वयुवराज्ञी हिमानी शाह पनि उनलाई भेट्न नर्भिक अस्पताल पुगेकी थिइन् ।
आमा कोमल, छोरा हृदयेन्द र छोरीहरुले पनि पारसलाई अस्पतालमै भेटेका थिए । अस्पताल स्रोतका अनुशार आज मंगलबार उनलाई डिस्चार्ज गरिनेछ । डिस्चार्जपछि पारस बहिनी प्रेरणा कहाँ नै जाने बुझिएको छ । पति पत्नी भएर पनि पारस र हिमानी लामो समयदेखि सँगै बसेका छैनन् ।