News

चिनियाँ २ जहाज शनिबार काठमाडौँ अाइपुग्ने

चिनियाँ २ जहाज शनिबार काठमाडौँ अाइपुग्ने
माघ - ११ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिए । शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ । यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएको महाप्रबन्धक कंशाकारले जानकारी दिए । चीनको अनुदानमा दिएको दुईवटा जहाज यसअघि नै आइसकेको छ भने अब आउने जहाज भने ऋण सम्झौतामा ल्याउन लागिएको हो । एम ए ६० जहाजमा ५६ सिट तथा वाइ १२ मा १८ सिट रहेको छ । यस्तै निगमको अन्तर्राष्ट्रिय उडानका लागि अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग निगमले प्रारम्भिक सम्झौताका लागि आवश्यक गृहकार्य गरिरहेको छ । यसै साताभित्र प्रारम्भिक सम्झौता गर्नेगरी तयारी गरिएको छ । सो सम्झौतालगत्तै निगमले बैना रकम पठाउने महाप्रबन्धक कंशाकारले जानकारी दिए ।

Nepal Airlines

विशेष