News

पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीकाे निर्देशन
माघ – ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार दिउँसो मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले आपूर्ति, अर्थ मन्त्रालय र आयल निगमका पदाधिकारीहरुलाई अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले मन्त्रालय र आयल निगमका पदाधिकारीलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । उनले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने पनि जानकारी गराएका छन् । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले निर्देशन दिएका उनको निजी सचिवालयले जानकारी दिएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेट्रोलियम पाइपलाइन

विशेष